
काठमाडौं । विजय बरालको शीर्ष भूमिका रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षको कथा भन्छ ।
सारंगी संस्कृति प्रवर्धन गर्न सदियौंदेखि लागिपरेको समुदायले समाजमा भोगिरहेको विभेदको कथा यसमा उल्लेख छ । यो फिल्म समग्रमा बाबु र छोराको सम्बन्धको कथा हो । सारंगी बजाउने परम्परालाई पुस्तामा हस्तान्तरण र छोरालाई सुशिक्षित तुल्याउनेतर्फ बाबुले देखेको सपनाको कथा यसमा छ ।
बाबुको भूमिकामा बराल छन् । छोराको भूमिकामा प्रकाश सपुत छन् । सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । यो फिल्म कात्तिक १५ गते प्रदर्शन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4