+
+

युनिलिभरद्वारा नेपाली महिला फुटबल टोलीलाई ट्राभल किट हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते १२:४८

काठमाडौं । युनिलिभर नेपालले राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक स्पोन्सर रहेको आफ्नो पर्सनल केयर ब्रान्ड, डोभमार्फत विशेष ट्राभल किट हस्तान्तरण गरेको छ ।

एन्फा कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

दीर्घकालीन, मूल्य सञ्चालित साझेदारी, महिला फुटबलको प्रबर्द्धन र फिफा महिला विश्वकप जस्ता प्रमुख टुर्नामेन्टसँग पंक्तिबद्ध गर्दै फुटबल संस्कृतिमा गहिरो रूपमा एकाकार गर्ने उद्देश्यका साथ परम्परागत स्पन्सरसिप भन्दा दर्शकहरूसँग भावनात्मक सम्बन्ध सिर्जना गर्दै सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा कम्पनीले राखेको जनाएको छ ।

नेपाली महिलाले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको युगमा युनिलिभर नेपालले महिला एथलेटिक्सको भविष्यमा राष्ट्रिय महिला फुटबल टोलीले पार्न सक्ने महत्त्वपूर्ण प्रभावलाई बुझेर सम्मान गरेको छ।

राष्ट्रिय महिला फुटबल टोलीसँगको यस सहकार्यले महिलामा सशक्तिकरण र आत्म- आश्वासनलाई बढावा दिन डोभको निरन्तर मिसनलाई झल्काएको कम्पनीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?