+
+

हेटौंडा सिमेन्टबाट ४० लाखको तार चोरी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते १८:५५
फाइल तस्वीर

१ कात्तिक, हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगबाट ४० लाख रुपैयाँ मूल्य बराबरको तामाको तार चोरी भएको छ ।

उद्योगका एक कर्मचारीका अनुसार सेक्युरिटी कम्पनीको लापरबाहीले उक्त मूल्य बराबरको तामाको तार चोरी भएको हो ।

‘कम्तीमा ४० लाख बढीको तामाको तार चोरी भएको छ, तर आलोचना होला भनेर गुपचुप राख्न खोजिएको छ,’ ती कर्मचारीले भने ।

हेटौंडा सिमेन्टका अध्यक्ष नरेन्द्र भण्डारीले तार चोरी भएको पुष्टि गरे ।

‘क्रसरबाट उद्योगसम्म क्रंकिट ल्याउन प्रयोग गरिने तामाको तार चोरी भएको छ । हामीले प्रहरीमा निवदेन पनि दिइसकेका छौं । कसरी चोरी भयो, सेक्युरिटी गार्डलाई समेत छानबिनको दायरामा ल्याउँदैछौं,’ भण्डारीले अनलाइनखबरसँग भने ।

भण्डारीका अनुसार सिमेन्टको सुरक्षाको जिम्मेवारी बज्र सेक्युरिटीले लिएको छ । सिमेन्ट उद्योगमा सीसीटीभी नहुँदा कसले चोरेको भन्ने अनुमान गर्न नसकिएको उनले बताए ।

मकवानपुर प्रहरीका अनुसार सिमेन्ट उद्योगमा चोरी भएको विषयमा आजै निवेदन आएकाले अनुसन्धान भइरहेको छ ।

‘हामीले अनुसन्धान सुरु गरिसकेको छौं, केहि भन्न सक्ने अवस्थामा छैन । अनुसन्धान नभई अहिले नै चोरीको बारेमा बोल्न सक्ने अवस्था छैन,’ मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?