+
+

विपक्षी दलहरूले सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २ गते ११:३५

२ कात्तिक, काठमाडौं । विपक्षी दलहरूले सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने भएका छन् ।

शुक्रबार नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको थियो ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सरकार प्राकृतिक विपद्को पूर्व तयारी, खोज र उद्धारमा जिम्मेवार नभएको भनेर समीक्षा भएको बताए । यो विषयमा सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने समझदारी भएको उनले जानकारी दिए ।

विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नाउपा, आम जनता पार्टीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?