+
+

प्रचण्डको विश्लेषण : रवि पक्राउ पर्न सक्छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २ गते ११:३८

२ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् ।

आफूले बोलाएको विपक्षी दलहरुको बैठकमा प्रचण्डले तीन दलको बैठकमा भएको छलफलका आधारमा यस्तो विश्लेषण सुनाएका हुन् ।

टीआरसीबारे छलफल गर्न बुधबार बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे समेत छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कहरु सुन्दा सरकार अगाडि बढ्न खोजेको देखिएको प्रचण्डले सुनाए । ‘एकदुई दिनमा सामात्न सक्छ भन्ने उहाँको विश्लेषण थियो’, बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।

यता, रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ पार्टी सभापति छानबिनमा तयार रहेको दाबी गर्छन । उनी भन्छन्, ‘हाम्रो सभापति ज्यु विधिवत हिसावमा छानबिनमा सहयोग गर्न तयार नै हुनुहुन्छ । खाली राज्यको दुरुपयोग गरेर, प्रशासनलाई दबाब दिएर नगरोस भन्ने कुरामा स्पष्ट छौं ।’

श्रेष्ठले सरकारले प्रशासनको दुरुपयोग गरे त्यसको लागि आफूहरु तयार रहेको उनले बताए ।

‘कतिखेर समात्दा ठिक हुन्छ भनेर ग्रहदशा हेरिराख्नु भएको छ । अप्रत्यासित हिसाबले पक्राउ गर्न खोज्छन् भने हामी त्यसमा पनि तयार नै छौं’, श्रेष्ठले शुक्रबार विपक्षी दलहरूको बैठकपछि पत्रकारहरुसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?