+
+

२४ घण्टामा ५६ हजार यात्रु काठमाडौं भित्रिए

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २ गते ११:४८
फाइल फोटो ।

२ कात्तिक, काठमाडौं । दसैं सकिएलगत्तै बिहीबार २४ घन्टामा ५६ हजार ५११ यात्रु काठमाडौं उपत्यका प्रवेश गरेका छन् ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख एआईजी किरण बज्रचार्यका अनुसार, बस, सानो सवारी, मोटरसाइकल र माइक्रोमा गरेर १ कात्तिक बिहान ६ बजेदेखि २ कात्तिकको बिहान ६ बजेसम्म ५६ हजार यात्रु काठमाडौं भित्रिएका हुन् ।

उनका अनुसार, यो अवधिमा १ हजार १६८ बस, ३ हजार ९१८ सानो सवारी, ५ हजार ७४४ मोटरसाइकल र ३८० माइक्रो राजधानी प्रवेश गरेका छन् । यही अवधिमा १० हजार ८२१ सवारी उपत्यकाबाट बाहिरिएको रेकर्ड समेत छ ।

एआईजी बज्राचार्यका अनुसार, २४ असोज फुलपातीदेखि कात्तिक २ गते बिहान ६ बजेसम्म ४६ हजार ८४५ सवारीसाधन उपत्यकाबाट बाहिरिएका थिए । तिनमा ३ लाख ४१ हजार ६०४ यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?