+
+

विपक्षीहरुको बैठक : दल फुटाउने अध्यादेशको त्रास

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २ गते २०:५५

२ कात्तिक, काठमाडौं । विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन् ।

विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बिहीबार विपक्षी दलहरुको बेठक बोलाएका थिए । बैठकमा सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसमेत सहभागी थिए ।

बैठकमा नेताहरुले सरकारले साना दलहरुलाई फुटाउन अध्यादेश ल्याउनसक्ने विश्लेषण गरेका छन् ।

पहिला पनि ओली सरकारले नै अध्यादेश ल्याएको भन्दै रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने, ‘यो पालि पनि सत्ता पक्षमै भएका साना दलहरु हुन् वा प्रतिपक्षमा भएका दल, हामी नयाँ मान्छे आएकाले के हो, यतातिर गएको गम्भीर आशंका भएर नै बसेका हौं ।’

बैठकले सरकारसँगै राष्ट्रपति र सभामुखको समेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ । एक नेताका अनुसार यति सरकारले अध्यादेश ल्याउन खोजे तत्काल विशेष अधिवेशन बोलाउन माग गर्ने रणनीति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?