+
+

हेटौंडा जोड्ने छोटा सडकखण्ड बन्द भएपछि कान्तिलोकपथमा जाम (तस्वीरहरु)

अमृत चिमरिया अमृत चिमरिया
२०८१ कात्तिक २ गते १६:३६

२ कात्तिक, काठमाडौं । मकवानपुरको कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द भइएपछि अहिले वैकल्पिक बाटो प्रयोग भइरहेको छ ।

नियमित बाटो बन्द हुँदा वैकल्पिक मार्ग कान्तिलोकपथ–हेटौँडा–ठिंगन–काठमाडौं रुट प्रयोग हुँदा सवारीको अत्यधिक जाम भएको छ । वैकल्पिक बाटोसमेत पहिरोले एकतर्फीमात्रै सञ्चालन भएकाले सवारी चालक र यात्रुले सास्ती व्यहोर्दै यात्रा गरिरहेका छन् ।

इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द गरिएको हो ।

थप तस्वीरहरु

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?