+
+

यस्तो छ भुटान विरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २ गते १७:२२

२ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत घरेलु टोली नेपालले अहिले भुटान विरुद्ध खेल्दैछ । भुटान विरुद्ध खेल्ने पहिलो रोजाइको नेपाली टोली सार्वजनिक भएको छ ।

कप्तान एन्जिला तुम्बापो सुब्बाले नेपालको गोलपोष्ट सम्हाल्नेछिन् । गीता राना, अमउता ज‌ैशी, पूजा राना र हिरा कुमारी भुजेल डिफेन्समा छन् भने रेनुका नगरकोटे, सरु लिम्बु र प्रिती राई मिडफिल्डमा छन् ।

रश्मि कुमारी घिसिङ, अमिसा कार्की र सविता रानामगरले फरवार्ड लाइन सम्हाल्नेछन् । खेल साढे ५ बजे सुरु हुनेछ ।

पछिल्लो पटक २०२२ मा भएको साफमा भुटानसँग समूह चरणमा भेट हुँदा नेपाल ४-० ले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?