+
+

छविलाल जोशी अझै ५ दिन हिरासतमै रहने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २ गते १७:३९

२ कार्तिक, काठमाडौं। सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशी अझै ५ दिन हिरासतमै रहने भएका छन् ।

शुक्रबार अदालतले उनलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। गत असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो।

अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन।

विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?