+

साफ वुमन्स च्याम्पियनसिप : नेपाल र भुटानबीचको खेलको पहिलो हाफ बराबर

२०८१ कात्तिक  २ गते १८:२५ २०८१ कात्तिक २ गते १८:२५
साफ वुमन्स च्याम्पियनसिप : नेपाल र भुटानबीचको खेलको पहिलो हाफ बराबर

२ कात्तिक, काठमाडौं। साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत अहिले नेपाल र भुटानबीच खेल भइरहेको छ।

दशरथ रंगशालामा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । नेपालले पहिलो हाफमा गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ चुस्त हुन नसक्दा अग्रता लिने अवसर गुमायो।

पहिलो हाफमा नेपालको सुरुवात सुस्त रह्यो। नेपालको टिम कम्बिनेसमै समस्या देखिएको थियो । १५ मिनेटपछि भने नेपालले लगातार भुटानमाथि आक्रमण गरेपनि गोल गर्न सकेन।

नेपालले पहिलो अवसर १३ औं मिनेटमा पाएको थियो। रश्मी कुमारी घिसिङले बक्समा राम्रो अवसर पाएकी थिईन् । उनले भुटानी डिफेण्डरलाई छलाएर बक्स भित्रबाट हानेको बल भुटानी गोलकिपर संगिता मोनगरले बचाइन्।

२० औं मिनेटमा नेपालले अर्को अवसर गुमायो । सविता राना मगरको कर्नरमा गीता रानाले हानेको हेडमा सिक्स यार्ड बक्समा रहेकी नेपालकै अमिसा कार्कीको हेडमा राखेर पोष्टमाथिबाट बाहिरियो।

२४ औं मिनेटमा रश्मीले फेरि एकपटक राम्रो अवसर पाएकी थिईन् । रश्मीले बक्स भित्र पाएको बल डिफेन्डरलाई छलाएर प्रहनर गरेको बल पोष्टमाथिबाटै बाहिरियो।

त्यसको दुई मिनेटपछि सरु लिम्बुले पनि अवसर गुमाईन् ।प्रिती राईले दिएको पासमा बल अगाडि बढाउँदै बक्स भित्रबाट सरुले हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरिँदा नेपालले अगता लिने अवसर गुमायो।

४० औं मिनेटमा भुटानी बक्समा नेपाली फरवार्डहरुले लगातार बल पाएपनि फिनिसिङ चुस्त हुन सकेन।

पहिलो हाफमा नेपालको आक्रमणमा भुटानी डिफेन्स लाईन र गोलकिपर संगिताको प्रदर्शन राम्रो रह्यो ।

साफ वुमन्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय