+
+

जनकपुरमा ‘भूमि लोक उत्सव’ को दोस्रो संस्करण हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ४ गते १६:००

४ कात्तिक, जनकपुरधाम । जनकपुरधाममा ‘भूमि लोक उत्सव’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । सांगीतिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले भूमि फाउन्डेसनले आगामी कार्तिक १० गते जनकपुरधामको तिरहुतिया गाछीमा उत्सव आयोजन गर्न लागेको हो ।

आइतबार पत्रकार सम्मेलनमा भूमि फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाले मिथिला क्षेत्रका लोपोन्मुख लोक गीत, परम्परा, रीतिरिवाजहरूको संरक्षणमा उत्सवले विशेष योगदान पुर्‍याउने बताए ।  उत्सवले मधेश र मिथिलाको सांस्कृतिक विरासतलाई उजागर गर्दै आञ्चलिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूलाई एकै स्थानमा ल्याउने उनको भनाइ छ ।

उनका अनुसार उत्सवमा लोक झाँकी, नाचगानसहित विभिन्न सांस्कृतिक प्रस्तुतिहरू गरिने छ। प्रख्यात गायिका झुमा लिम्बू, वरिष्ठ मैथिली गायिका डा. रञ्जना झा र गायक सुशान्त घिमिरेजस्ता कलाकारहरूले उत्सवलाई स्मरणीय बनाउने जनाएको छ  । यस्तै नाट्य समूह मिथिला नाट्यकला परिषद् (मिनाप) ले पनि आफ्नो प्रस्तुति दिनेछ।

मधेश र मिथिला क्षेत्रको सांस्कृतिक पुनरुत्थानमा यो उत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने तथा युवामा मौलिक कलाप्रतिको उत्साह बढाउने विश्वास झाको विश्वास छ । उत्सव अवधिभर नाचगान, सांस्कृतिक झाँकी प्रदर्शन, र ‘सार्वजनिक जीवनमा महिला’ नामक फोटो प्रदर्शनी पनि समावेश गरिने झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?