+
+

प्रीति घिमिरे र सम्राट किरणको ‘यो मायालाई फकाउन’

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ४ गते १६:२९

काठमाडौं । प्रीति घिमिरे र सम्राट किरणको स्वरमा ‘यो मायालाई फकाउन’ गीत सार्वजनिक भएको छ । प्रेमिकालाई फकाउँदा नोकझोंकको भावमा आधारित गीतमा डीपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ । गीतलाई विषम आचार्यले एरेन्ज गरेका हुन् ।

डान्सिङ बिटको गीतको भिडियोलाई प्रशान्त तामाङले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा सञ्जीव महर्जन र अन्जिला गिरी फिचर्ड छन् ।

गोपाल रायले खिचेको भिडियोलाई विनोद बमले सम्पादन तथा कलर संयोजन गरेका हुन् । गीत ‘नेपमेलो’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?