+
+

ग्लोबल आईएमई बैंक र अस्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ४ गते १६:३९

काठमाडौं । ग्लोबल आइएमई बैंक र अस्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता भएको छ ।

स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा बिल्डिङ इनर्जी इफिसिएन्सी इन नेपाल (बीईईएन)  प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माण गर्न ऊर्जा कुशल प्रविधि तथा अभ्यासहरू प्रवर्द्धनका लागि दुवै पक्षबीच समझदारी भएको बैंकले जनाएको छ ।

समझदारी पत्रमा बैंकका ग्रीन एन्ड सस्टेनेबल बैंकिङ प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक अस्ट्रियाका प्रतिनिधि एवम् बीईईएन प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरे ।

ग्लोबल आईएमई बैंकले दिगो आवास प्रवर्द्धन गर्न ‘ग्रिन होम लोन’ विशेष कर्जा योजना लागु गर्दै आएको छ ।

बैंकका अनुसार यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवन प्रवर्द्नमा सहयोग पुग्ने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?