+
+

चार दिनमै बढ्यो अन्डाको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ४ गते १८:३३

४ कात्तिक, काठमाडौं । अन्डाको मूल्य चार दिनमै वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो ।

३० असोजमा प्रतिक्रेट ४२० रुपैयाँ रहेको एक्स एल (सबैभन्दा ठूलो) अन्डाको मूल्य आइतबारदेखि ४७० रुपैयाँ पुगेको छ ।

यस्तै ३९० रुपैयाँ प्रतिक्रेट रहेको ठूलो अन्डाको मूल्य ४५५ रुपैयाँ पुगेको संघले जनाएको छ ।  मिडियम साइजको अन्डाको मूल्य भने ४४० रुपैयाँ प्रतिक्रेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?