+

स्टोन्सले इन्जुरी टाइममा गोल गरेपछि सिटीको पुनरागमन जित

२०८१ कात्तिक  ४ गते २३:२५ २०८१ कात्तिक ४ गते २३:२५
स्टोन्सले इन्जुरी टाइममा गोल गरेपछि सिटीको पुनरागमन जित

४ कात्तिक, काठमाडौं । जोन स्टोन्सले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आइतबार वल्भसमाथि २-१ को पुनरागमन जित हात पारेको छ ।

घरेलु मैदानमा जोर्गेन लार्सनले सातौं मिनेटमै गोल गर्दै वल्भसलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन ।

३३औं मिनेटमै जस्को गार्डिओलले सिटीका लागि बराबरी गोल फर्काए ।

बराबरीतर्फ अग्रसर भएको खेलमा स्टोन्स नायक बन्दा सिटीले ३ अंक जोड्यो । स्टोन्सले इन्जुरी टाइमको पाँचौ मिनेटमा फिल फोडेनको पासमा गोल गरेका थिए ।

जितपछि सिटी ८ खेलबाट २० अंक जोडेर केही समयको लागि शीर्ष स्थानमा उक्लेको छ ।

प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय