+
+

न्यादी हाइड्रोपावरको सेयरमा लकइन अवधि सकियो, अरु दुई कम्पनीको सकिँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ५ गते ८:४६

५ कात्तिक, काठमाडौं । न्यादी हाइड्रोपावरको १ करोड २७ लाख ९५ हजार कित्ता सेयरमा लकइन अवधि सकिएको छ ।

संस्थापक, कर्मचारी तथा प्रभावित स्थानीयबासीको सो संख्याको सेयरमा आइतबारदेखि नै लकइन सकिएको हो । सोमबारदेखि यी सेयर साधारणसरह कारोबार गर्न बाटो खुला भएको छ । आइतबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ३०८ रुपैयाँ ५० पैसा छ ।

अरु दुई कम्पनीमा पनि कात्तिक महिनाभित्रै लकइन अवधि सकिँदैछ । मध्यभोटेकोशी जलविद्युत् कम्पनीको ५ करोड १३ लाख ६० हजार कित्ता सेयरमा कात्तिक ११ पछि लकइन अवधि सकिनेछ ।

संस्थापक सेयरधनी, कर्मचारी कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी, कम्पनीका कर्मचारी तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि सकिन लागेको हो । आइतबार बजार बन्द हुँदा मध्यभोटेकोशी जलविद्युत् कम्पनीको मूल्य प्रतिकित्ता ३३४ रुपैयाँ छ ।

त्यस्तै सामलिङ पावरको कुल ४२ लाख ८४ हजार ६०० कित्ता सेयरमा कात्तिक १५ पछि लकइन अवधि सकिँदैछ । संस्थापक, प्रभावित स्थानीय तथा कर्मचारीका नाममा रहेको सेयरमा लकइन अवधि सकिँदैछ। आइतबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५१८ रुपैयाँ १० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?