+
+

 बलेफी हाइड्रोपावरलाई शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ५ गते १३:४१

५ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर कम्पनीलाई शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।

कम्पनीले हालको चुक्ता पूँजी बराबरकै १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद निष्कासनका लागि बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल छ ।

हाल यस कम्पनीको बजार मूल्य प्रतिकित्ता ४४० रुपैयाँ हाराहारी छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ९६ पैसा ऋणात्मक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?