+

अञ्जनाले गोलपोष्ट सम्हाल्ने, आर्मब्याण्ड रेनुकालाई

२०८१ कात्तिक  ५ गते १६:५१ २०८१ कात्तिक ५ गते १६:५१
अञ्जनाले गोलपोष्ट सम्हाल्ने, आर्मब्याण्ड रेनुकालाई

५ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्स विरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भुटानसँग खेलेको टिममा पाँच परिवर्तन गरेका छन् । नियमित कप्तान तथा गोलकिपर एन्जिला तुमबाप्पो सुब्बालाई आराम दिइएको छ,  उनको सट्टा अञ्जना राना मगरले गोलपोष्ट सम्हाल्नेछिन् ।

खेलको कप्तानी भने रेनुका नगरकोटेले गर्नेछिन् । एन्जिलासँगै हीरा भुजेल, पूजा राना, अमिशा कार्की र अमृता जैसी माल्दिभ्सविरुद्ध खेल्ने टिमको पहिलो रोजाइमा छैनन् । अन्जना रानासँगै विमला विक, निशा थोकर, विमला चौधरी  रेखा पौडेलले पहिलो रोजाईँमा खेल्दैछन् ।

पहिलो खेलमा घाइते भएकी डिफेण्डर हिरा भुजेलले साफ वुमन्स च्याम्पियनसिपको बाँकी खेल गुमाउने भएकी छन् ।

साफ वुमन्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय