+
+

अर्थमन्त्री पौडेल आज अमेरिका जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ५ गते १६:५५
फाइल तस्वीर

५ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकाको वासिङटन डीसी जाने भएका छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन उनी सोमबार राति त्यसतर्फ प्रस्थान गर्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

डीसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नेछन् । उनी कात्तिक दोस्रो साता स्वेदश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?