+
+

बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ६ गते १८:३०

६ कात्तिक, काठमाडौं । बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सल्यानको बागचौर नगरपालिका–२ बागचौर घर भई काठमाडौं कीर्तिपुर पाँगा बस्दै आएका ३५ वर्षीय रामचन्द्र केसी छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार पाँगाबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध २ साउन २०७७ मा जिल्ला प्रहरी कार्यालय सल्यानमा बलात्कार र गर्भपतनको जाहेरी परेको थियो ।

पछि उच्च अदालत सुर्खेतको २४ वैशाख २०८१ मा उनीविरुद्ध १२ वर्ष ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?