+

ब्रिगेड ब्वाइज बेलबारी गोल्डकपबाट बाहिरियो

२०८१ कात्तिक  ६ गते २०:१२ २०८१ कात्तिक ६ गते २०:१२
ब्रिगेड ब्वाइज बेलबारी गोल्डकपबाट बाहिरियो

६ कात्तिक, विराटनगर । बेलबारी गोल्डकपबाट डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज ललितपुर बाहिरिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा बुटवल लुम्बिनी फुटबल क्लबसँग २–१ गोलले पराजित हुँदै बाहिरिएको हो ।

जितसँगै बेलबारी गोल्डकपमा पहिलोपटक सहभागी भएको बुटवल लुम्बिनी सेमिफाइनलमा प्रवेश गरेको छ ।

बेलबारी ११ को लक्ष्मी खेलमैदानमा मंगलबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबका सुजन ढङ्गोलले २० ओैं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५१ ओैं मिनेटमा बुटवल लुम्बिनीका खेलाडी एरिक बिष्टलाई डिबक्स भित्र ट्याकल गरेपछि बुटवल लुम्बिनी फुटबल क्लबले पेनाल्टी प्रहारको अबसर पायो । एरिक बिष्टले प्रहार गरेको पेनाल्टी प्रहार गोलमा परिणत भएपछि खेल १–१ गोलको बराबरी गरे । ६२ औं मिनेटमा बुटवल लुम्बिनीका ग्लोरीले गोल गर्दै जित निश्चित गरे ।

सातौं बेलबारी आरजु राइस गोल्डकप फुटबल प्रतियोगितामा बुधबार सलहेस फुटबल क्लब सिराहा र भारतको दलसिंहपारा फुटबल क्लब खेल्नेछन् ।

फुटबल बेलबारी गोल्डकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय