+
+

रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ७ गते १०:०८

७ कात्तिक, दाङ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा डबल क्याब जिप आज बिहान दुर्घटना हुँदा दुई दिने शिशुको मृत्यु भएको छ ।

लु ३ च १६५६ नम्बरको जिप आज बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्युठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत रोका घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा आज बिहान ६ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार गाडी चालक लुङ्ग्री गाउँपालिका १ छिउधर निवासी ३५ वर्षीय कुलबहादुर विष्ट घाइते छन् । उनको दायाँ हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?