+
+

सरकारले सकारात्मक काम गरेन : नारायणकाजी 

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ७ गते ११:१७

७ कात्तिक, विराटनगर । केपी शर्मा ओली नेतृत्वको सरकारको सकारात्मक काम गर्न नसकेको  नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले टिप्पणी गरेका छन्।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग उनले दुई ठूला दल मिलेर बनेको सरकारले काम गर्न नसकेका कारण सय दिन समीक्षा गर्न लायक  नरहेको बताए ।

‘दुई वटा पार्टी मिलेर निरंकुशतामा जाने संकेत सरकारले गइरहेको छ, अन्य राजनीतिक पार्टीलाई हस्तक्षेप गर्न, विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेको चर्चा पनि छ,’ उनले भने, ‘हामीले भ्रष्टाचार विरुद्ध अभियान चलायौँ । तर, अहिले सरकारको त्यो काम अगाडि बढाएको छैन ।’

बाढी पहिरो र डुबानमा परेकाहरुको खोज, उद्धार, राहत र पुनःस्थापनामा पनि सरकारले काम गर्न नसकेको बताउँदै उनले भने, ‘यो सरकारले देश जनताको पक्षमा सकारात्मक काम गर्न सकेको छैन ।’

उनले माओवादी केन्द्रको ध्यान अहिले सरकारतिर नभएको बताए । ‘सरकार  चलेन, सरकारले सङ्कट नै ल्यायो भने हामीले सोच्ने कुरा हो । तर, हामी आफूले चाहिँ सरकार कहिले ढाल्ने र सरकारमा जाने भन्ने सोचेको पनि छैनौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?