+
+

जस्टिन बिबर २१ औं शताब्दीको महान् पपस्टारको आठौं स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ७ गते १३:३६

काठमाडौं । बिलबोर्डले पछिल्लो केही सातायता २१ औं शताब्दीका महान् पपस्टारको सूची सार्वजनिक गरिरहेको छ । उत्कृष्ट ९ देखि २५ सम्मको सूची सार्वजनिक भइसकेको छ ।

नेपाली समयानुसार बुधबार बिहान सूचीको आठौं स्थानको नाम सार्वजनिक भएको छ, जुन नाम समकालीन विश्व पप-संगीतमा निकै रुचाइएको नाम हो । नेपालमा पनि उनलाई पछ्याउनेको संख्या धेरै छ ।

उनी हुन् क्यानडेली गायक जस्टिन बिबर । आठौं स्थानमा सूचीकृत गायक बिबर कसरी ओन्टारियो सहरबाट अमेरिका पुगेर र पपसंगीतको सम्राट बने भन्ने बारेमा बिलबोर्डले स्टोरी समेत लेखेको छ ।

युट्युबमा सुपरहिट भएका उनीहरुका गीतहरु ‘बेबी’ र ‘यू स्माइल’पछि कसरी संसारभर ‘बिबर फिभर’ सिर्जना भयो र त्यसपछि उनको स्टारडम कसरी निर्माण भयो भन्ने पक्ष पनि स्टोरीमा समेटिएको छ । ती गीतले जस्टिनलाई किशोर उमेरदेखि नै विश्वभर चर्चा दिलाएको थियो ।

संख्याको कुरा गर्दा बिबरको स्टारडम सबै समयको उच्चमध्ये पर्छ । उनले अहिलेसम्म १५० मिलियन एल्बम बेचे । बिलबोर्ड २०० मा उनको स्थान ८ मा छ । उनी २३ पटक ग्रामी मनोनयन भएका छन् ।

महत्वपूर्ण कुरा के छ भने ३० वर्षको उमेरभित्रै जस्टिनले यी सबै सफलता हासिल गरेका हुन् । के कुराले बिबरलाई यति प्रभावशाली बनायो भन्ने कुरा उनको सफलताले मात्र होइन, उनले कसरी जीवन र करिअरलाई गहिरो रुपमा सन्तुलित बनाएका छन् भन्ने कुरा पनि हो ।

‘सबै किशोरले अभिनय गर्छन् र गल्ती गर्छन् । तर बिबरजस्ता स्टारले सार्वजनिकरुपमै त्यस्तो गर्नुपर्छ । उमेर बढ्दै जाँदा, बिबरले आफ्नो छवि र स्वास्थ्यमाथि पुनः नियन्त्रण पुनः प्राप्त गर्न आवश्यक परेको बेला भ्रमणबाट पछि हट्ने गरेका छन्’ बिलबोर्ड लेख्छ, ‘उनले परिवारबाट माया र सान्त्वना पनि पाएका छन् । उनी र श्रीमती हेलीले हालै पहिलो बच्चालाई स्वागत गरे । यस्तो भाग्य कमै किशोर स्टारलाई प्राप्त हुन्छ ।’

‘सन् २०२४ मा बिबरले नयाँ एकल वा एल्बम जारी गरेका छैन्न तर ३० वर्षीय स्टारले पहिलोपटक स्वस्थ, मायालु जीवनको अनुभव गरिरहेको जस्तो देखिन्छ, प्रशंसकको लागि यो धेरै खुसीको कुरा हो’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?