+
+

‘नेसनल डे कन्सर्ट’ पनि सरकारको उपलब्धि !

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ७ गते १६:४५

काठमाडौं । सरकारले दरबारमार्गमा हालै आयोजित ‘नेसनल डे कन्सर्ट’लाई पनि उपलब्धिको रुपमा प्रस्तुत गरेको छ ।

सरकार गठनको १०० दिन पुगेको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सांगीतिक कार्यक्रमलाई उपलब्धिको रुपमा उल्लेख गरेका हुन् । संविधान दिवसको अवसरमा असोज ३ गते दरबारमार्गमा कन्सर्ट आयोजना गरिएको थियो ।

‘यस वर्षको संविधान दिवसमा पहिलोपटक ‘नेसनल डे कन्सर्ट’ आयोजना गरियो । जहाँ विभिन्न विधाका कलाकार, नवयुवाहरू, सबै पेशा र व्यवसायका युवाहरूले भेला भई खुसी साट्ने मौका पाए’ प्रधानमन्त्रीले भने, ‘यसरी हामीले संविधान दिवसलाई राष्ट्रिय उत्सवको रूपमा परिणत गर्‍यौं ।’

उक्त कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान, स्वप्न सुमन लगायत गायक-गायिका सहित चर्चित ब्याण्डहरु कुटुम्ब र एलिमेन्ट्सले समेत प्रस्तुति दिएका थिए । प्रधानमन्त्री ओलीले पनि कन्सर्टमा सहभागी भएर सांगीतिक प्रस्तुति हेरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?