
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्ने भएको छ ।
धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटा टियागो ईभी साट्न सकिने कम्पनीले जनाएको छ ।
यस वर्षको धनतेरसलाई लक्षित गरी ८, ९, र १० कात्तिकमा टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरिका शोरुममा आयोजना हुने कम्पनीले जनाएको छ ।
यस मेलामा सहभागी भएर ग्राहकले टियागो ईभीको हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्न सक्नेछन् ।
उल्लेखित अफरहरू धनतेरस एक्सचेन्ज धमाका ३ दिनका लागि मात्र लागु हुनेछ ।
टियागो ईभी नेपालको विद्युतीय चारपाङ्ग्रे सवारीसाधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक भएको कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4