+

जिम्बाब्बेले तोड्यो नेपालको रेकर्ड, जाम्बियाविरुद्ध बनायो टी-२० मा ३४४ रन

२०८१ कात्तिक  ७ गते १९:०१ २०८१ कात्तिक ७ गते १९:०१
जिम्बाब्बेले तोड्यो नेपालको रेकर्ड, जाम्बियाविरुद्ध बनायो टी-२० मा ३४४ रन

७ कात्तिक, काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने नेपालको कीर्तिमान तोडिएको छ ।

जिम्बाब्बेले आईसीसी टी-२० विश्वकप अफ्रिका सब रिजनल क्वालिफायर बी अन्तर्गत खेलमा जाम्बिया विरुद्ध ३४४ रन बनाउदै नेपालको कीर्तिमान तोडेको हो ।

यसअघि गत वर्ष चीनको हान्झाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै कीर्तिमान बनाएको थियो ।

कप्तान सिकन्दर राजा एक्लैले नटआउट १३३ रन बनाएपछि जिम्बावेले जाम्बियाविरुद्ध २० ओभरमा ४ विकेट गुमाएर ३४४ रन बनाएको हो । राजाले ४३ बल खेल्दै ७ चौका र १५ छक्का मद्दतमा नटआउट १३३ रन बनाएको हो ।

विकेटकिपर ताडिवानासे मारुमानीले १९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ६२ रन बनाए भने ब्रायन बेन्नेटले ५० रन जोडे ।

क्लाइभ माडान्डेले १७ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए ।

जाम्बियाका आन्द्रे जार्जुले २ विकेट लिए ।

क्रिकेट जिम्बाब्बे

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय