+

नवीन तण्डुकार बने राष्ट्रिय र्‍यापिड चेस च्याम्पियन

२०८१ कात्तिक  ७ गते १९:३८ २०८१ कात्तिक ७ गते १९:३८
नवीन तण्डुकार बने राष्ट्रिय र्‍यापिड चेस च्याम्पियन

७ कात्तिक, कञ्चनपुर । दोस्रो राष्ट्रिय र्‍यापिड रेटिङ बुद्धिचालको उपाधि काठमाडौंका सीएम नविन तण्डुकारले जितेका छन् ।

नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा  भएको प्रतियोगितामा महिलातर्फ पोखराकी पूजा भण्डारी उत्कृष्ट खेलाडी बनेकी छिन्।

प्रतियोगिता अन्तर्गत १९३२ रेटेड सीएम नविन तण्डुकारले आठ खेलमा जित दर्ता गर्दै ८ अंक जोडेर राष्ट्रिय र्‍यापिड च्याम्पियन बनेका छन्। नविनले उपाधि संगै नगद ३० हजार हात पार्न सफल भएका छन् ।

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा भएको प्रतियोगितामा १९५६ रेटेड खेलाडी सीएम शुश्रुत दहाल ७ अंक जोडेर ट्राइब्रेकर आधारमा दोस्रो स्थानमा रहे । उनले २० हजार रुपैयाँ पाए ।

स्वीस मानेजर बुछोल्स्ज फिडे नियम अप्लाइका कारण समान ७ अंक बनाएका २००८ रेटेड एफएम क्षितिज भण्डारी तेस्रो हुँदै नगद १४ हजार र २०४३ रेटेड आशिष् फूँयाल चौथो हुँदै नगद ९ हजार आफ्नो नाम गरेका छन्।

नेपालका शीर्ष ६३ राष्ट्रिय बुद्धिचाल खेलाडी सहभागी नौ चरणको खेलवाट २१३० रेटेड एफएम रुपेश जैसवाल ६.५ अंक बनाउदै पाँचौ स्थानमा रहन पुगेका छन्।

समान अंक जोडेका २१०० रेटेड पुरुषोत्तम सिलवाल छैटौं र १९६० रेटेड धिरेन राई सातौं स्थानमा रहन सफल भएका छन् ।

र्‍यापिड स्पर्धामा १९८४ रेटेड नेपाल च्याम्पियन राजन सुवेदी, २०१९ रेटेड प्रकाशचन्द्र नेपाल र २०४४ रेटेड सुरज महर्जन समान ६ अंक बनाउदै क्रमश: आठौं, नवौं र दशौं स्थान प्राप्त गरेका छन् ।

यसैबीच आजै सम्पन्न पहिलो राष्ट्रिय ब्लिट्ज बुद्धिचालको उपाधि दोलखाका आशिष फुयालले जितेका छन्। आशिषले उपाधिसंगै नगद २० हजार प्राप्त गरेका छन्। महिला ब्लिट्जमा सिन्दिरा जोशी उत्कृष्ट बन्दै नगद ५ हजार पाइन्।

नेपाल बुद्धिचाल महासंघले पहिलोपटक आयोजना गरेको प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल प्रतियोगितामा कडा प्रतिस्पर्धा हुन पुगेका थिए। जम्मा ३ मिनेट २ सेकेण्डको द्रुतगतिमा खेलिने ब्लिट्ज चेस स्पर्धामा ४९ जना सहभागीमध्ये पाँच जना खेलाडीहरुको समान ७ अंक बनेको थियो।

स्वीस लिग सिस्टम डाइरेक्ट इन्काउन्टर, बुछोल्स् कट वान , कट टु, मोष्ट गेम वीन, ब्लाक वीनको कठिन टाइब्रेक नियमका आधारमा गरेको निर्णय अनुसार एफएम क्षितिज भण्डारी द्वितीय स्थान, प्रकाशचन्द्र नेपाल तृतीय स्थान, राजन सुवेदी चौथो र सुरोज महर्जनले पाँचौ स्थान ओगटेका छन्।

युवा पुरुषोत्तम सिलवाल ६.५ अंक बनाएर छैटौं स्थानमा रहे। यस्तै धिरेन राई, एफएम रुपेश जैसवाल, सीएम शुश्रुत दहाल र सुसन काफ्ले समान ६ अंक प्राप्त गर्दै क्रमश: दशौं स्थानमा रहन सफल भएका छन्।

प्रतियोगिता पश्चात् भएको समापन तथा पुरस्कार वितरण समारोह नारायणदास गमालको संयोजकत्वमा सम्पन्न भएको छ। बेदबोट नगरपालिका वडा नं. ८ ले प्रायोजन गरेको थियो।

प्रतियोगितामा तेस्रो नेकोस स्पर्धामा २ लाख पच्पन्न हजार, दोश्रो राष्ट्रिय र्‍यापिड स्पर्धामा १ लाख ३१ हजार ५ सय र प्रथम राष्ट्रिय ब्लट्ज स्पर्धामा ८३ हजार ५ सय गरी कूल ४ लाख ७० हजार नगद पुरस्कार प्रदान गरिएको छ।

खेलकुद चेस नविन तण्डुकार

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय