+

नेपालले ताजिकिस्तान र अफगानिस्तानसँग त्रिदेशिय मैत्रीपूर्ण फुटबल खेल्ने

२०८१ कात्तिक  ८ गते १:११ २०८१ कात्तिक ८ गते १:११
नेपालले ताजिकिस्तान र अफगानिस्तानसँग त्रिदेशिय मैत्रीपूर्ण फुटबल खेल्ने

७ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

नेपालले नोभेम्बरको फिफा विन्डोमा ताजिकिस्तान र अफगानिस्तानसँग त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपालले आगामी नोभेम्बर ११ देखि १९ सम्म रहेको फिफा विन्डोमा दुई टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

एन्फाका अनुसार नेपालले पहिलो खेल नोभेम्बर १३ मा ताजिकिस्तानसँग खेल्नेछ । यस्तै दोस्रो खेल नोभेम्बर १६ मा अफगानिस्तानसँग खेल्नेछ । सबै खेल ताजिकिस्तानको डुसानवे रंगशालमा हुनेछ ।

यस मैत्रीपूर्ण खेलको लागि एन्फाले नविन न्यौपानेलाई अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरेको छ । उक्त खेलको तयारीका लागि न्यौपानेले ३६ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।

एन्फाले यसअघिका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको सम्झौता नथपेपछि मैत्रीपूर्ण खेलका लागि न्यौपानेलाई जिम्मेवारी दिएको हो ।

एन्फाले नयाँ प्रो लाइसेन्स प्राप्त नयाँ मुख्य प्रशिक्षक नियुक्तका लागि आवदेन खुलाइसकेको छ ।

नेपाल फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय