+

राफिन्हाको ह्याट्रिकमा बायर्नमाथि बार्सिलोनाको सानदार जित

२०८१ कात्तिक  ८ गते ९:१६ २०८१ कात्तिक ८ गते ९:१६
राफिन्हाको ह्याट्रिकमा बायर्नमाथि बार्सिलोनाको सानदार जित

८ कात्तिक, काठमाडौं । कप्तान राफिन्हाले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ ले पराजित गरेको छ । बार्सिलोनाका लागि अर्को गोल रोवर्ट लेवान्डोस्कीले गरे ।

जर्मन क्लब बायर्नका ह्यारी केनले एक गोल गरे ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै राफिन्हाले गोल गर्दै अग्रता दिलाएका थिए । दशौँ मिनेट मिनेटमा बायर्नका ह्यारी केनले गोल गरेपनि भिएआरले मान्यता दिएन । तर १८औं मिनेटमा केनले नै गोल गर्दै खेल बराबरीमा ल्याए ।

३६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाले २-१ को अग्रता दिलाए । ४५औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ३-१ को अग्रता लियो ।

राफिन्हाले ५६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले ४-१ को अग्रता बनायो ।

च्याम्पियन्स लिगमा बार्सिलोनाको यो दोस्रो जित हो । बार्सिलोना ३ खेलबाट ६ अंकसहित दशौँ स्थानमा छ । दोस्रो हार व्यहोरेको बायर्न ३ अंकसहित २३औं स्थानमा छ ।

अर्को स्थानीय क्लब एट्लेटिको मड्रिड भने फ्रेन्च क्लब लिलसँग ३-१ ले स्तब्ध बनेको छ । यसअघि रियल मड्रिडलाई समेत हराएको लिलले एक गोलले पछि परेको स्थितमा पुनरागमन जित निकालेको हो । उसका लागि जोनाथन डेभिडले दुई गोल गरे भने जेग्रोभाले एक गोल गरे ।

त्यसअघि जुलियन अल्भारेजको गोलमा एट्लेटिकोले अग्रता लिएपनि जोगाउन सकेन । दोस्रो जितपछि लिल ६ अंक जोडेर १५औं स्थानमा छ । फु

बार्सिलोना राफिन्हा ह्यारी केन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय