+

जनकपुरले भित्र्यायो न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम

२०८१ कात्तिक  ८ गते ९:५८ २०८१ कात्तिक ८ गते ९:५८
जनकपुरले भित्र्यायो न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम

८ कात्तिक, काठमाडौं । न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लिग एनपीएल खेल्न आउने भएका छन् । उनलाई जनकपुर बोल्ट्सले विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

जनकपुरले बिहीबार सामाजिक सञ्जालमार्फत निसमलाई अनुबन्ध गरेको जनाएको छ ।

एनपीएलका लागि अहिलेसम्म अनुबन्ध हुने निसम सबैभन्दा ठूला नाम हुन् ।

३४ वर्षीय अलराउण्डर निसमले न्युजिल्याण्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ७९ टी-२० आई खेलेका छन् ।

उनीसँग इन्डियन प्रिमियर लिगदेखि विश्वका विभिन्न फ्रेन्चाइज लिगहरु समेत खेलेको अनुभव छ ।

सन् २०१९ को वानडे वर्ल्डकप र २०२१ को टी-२० वर्ल्डमा न्युजिल्याण्ड उपविजेता बन्दा निसम टिमको सदस्य थिए ।

निसमले गत जुनमा वेष्टइन्डिज र अमेरिकामा भएको आईसीसी टी-२० विश्वकपमा पनि खेलेका थिए ।

निसमको आगमनपछि जनकपुर बोल्ट्सको टिम उत्साहित छ ।

विकेटकिपर आसिफ शेख मार्की प्लेअर रहेको जनकपुरले नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुद दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । मनोज कटुवाल प्रशिक्षक र बरदान चालिसे क्रिकेट डिरेक्टरको रुपमा छन् ।

एनपीएल जनकपुर बोल्ट्स जिम्मी निसम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय