+
+

रवि र छविको म्याद थप सम्बन्धी बहस सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ८ गते १२:०३

८ कात्तिक, पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू भएको छ ।

कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस सुरू भएको स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

रवि र छवि दुवै जनालाई अदालत कार्यालय खुलेसँग उपस्थित गराइएको थियो ।

रविको बहस भइरहँदा शहीद चोक, अदालत छिर्ने रत्नचोक नजिकैको वाइ चोकमा रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

शहीद चोक क्षेत्र निषेधित क्षेत्र कायमै छ भने हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै  बाक्लो प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?