+
+

बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ८ गते १५:४८

८ कात्तिक, काठमाडौं। बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर छन् ।

बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाइएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?