+
+

जावलाखेलमा गोदावरी फूलको प्रदर्शनी (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ कात्तिक ८ गते १७:२७

८ कात्तिक, ललितपुर। ललितपुरको जावलाखेलमा १७औं प्रतियोगितात्मक प्रदर्शनी आजदेखि सुरू भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी आजदेखि सुरू भएको हो ।

कात्तिक ११ गतेसम्म चल्‍ने उक्त प्रदर्शनीमा व्यवसायिक स्टल ६८ वटा, प्रतियोगितात्मक स्टल दुईवटा, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरी जम्मा ७५ वटा प्रदर्शनी कक्षहरू रहेका छन् ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी फूलको उपलब्धता सहज होस् भनेर गोदावरी फूलको प्रदर्शनी गरिएको आयोजकले जनाएको छ । साथै गोदावरी फूलको व्यवसायिक प्रवर्द्धनका लागि प्रदर्शनी गर्दै आएको आयोजकको दाबी छ ।

चार दिनसम्‍स रहने प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने तथा १ करोड भन्दा बढीको व्यवसायिक कारोबार हुने आशा गरिएको आयोजकको रहेको छ ।

हेर्नुहोस् थप तस्वीरहरू :

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?