+
+

‘भ्वाइस अफ नेपाल सिजन ६’को कोचमा राजु लामाको पुनरागमन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ८ गते २०:२६

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६’को कोचको रुपमा राजु लामाको पुनरागमन भएको छ । यो लोकप्रिय गायन रियालिटी शोले विहिबार बेलुका पहिलो कोचस्वरुप लामाको नाम घोषणा गरेको हो ।

एक भिडियो सन्देश जारी गर्दै राजुलाई कोचको रुपमा चिनाइएको छ । भिडियोमा लामा भन्छन्- ‘तपाईंहरुको आवाजलाई सगरमाथाको शिखरमा पुर्‍याउन आइपुगेको छ तपाईंहरुको जो जो ।’

लामा यसअघि सिजन २, ३ र ४ मा कोच रहिसकेका छन् । पाँचौ सिजनमा उनी देखिएनन् । सिजन ४ मा उनको टीम विजयी भएको थियो । उनी भ्वाइस किड्सको पहिलो सिजनका कोच पनि थिए ।

शो निर्देशक लक्ष्मण पौडेलले बाँकी ३ कोचको टुंगो यसैसाता लाग्ने बताए । ‘पहिलो कोचको रुपमा राजुजी फाइनल हुनुभयो । केही दिनमा बाँकीसँग साइन हुँदैछ’ अनलाइनखबरसँग उनले भने, ‘केही नयाँ र केही पुरानै हुने सम्भावना छ ।’

सिजन ६ को ब्लाइन्ड अडिसन तिहारलगत्तै सुरु हुने जनाइएको छ । यो रियालिटी शो मंसिर अन्त्यदेखि हिमालय टिभीमा प्रसारण हुने निर्देशक पौडेलले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?