
डा. जगदिश्वर कर्माचार्य र कमलराम जोशी (दायाँ)
९ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक (डिजी) फेरिएका छन् ।
अघिल्ला महानिर्देशक डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पठाएर मन्त्रालयका जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई विभागमा ल्याइएको छ ।
जोशी सोमबारदेखि नै विभागमा हाजिर भएका छन् । जोशीले पहिले पनि विभागको महानिर्देशक भएर काम गरेका थिए ।
जोशीले २०५२ सालमा विद्युत् विकास विभागबाट हाइड्रोलोजिस्टको रुपमा सेवा प्रवेश गरेका थिए । २०६६ सालमा सिनियर डिभिजनल हाइइड्रोलोजिस्टरको रुपमा उनी विभागमा जोडिएका थिए ।
२०७५ सालमा विभागको उपमहानिर्देशक बनेका जोशी २०७८ फागुनदेखि महानिर्देशक बनेका थिए ।
विभागमा १८ महिना बिताएपछि जोशीको सरुवा भएको थियो र जल तथा ऊर्जा आयोगमा रहेका डा. कर्माचार्य विभागमा महानिर्देशक बनेर आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4