+
+

सरकारको १०० दिनलाई राम्रै मानेको छु : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ९ गते १३:००
फाइल फोटो ।

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिन सन्तोषजनक रहेको बताएका छन् ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कांग्रेस सभापति देउवाले सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताए । ‘सय दिनलाई मैले त राम्रो मानेको छु’, उनले भने, राम्रो काम गरेको छ ।’

बाढी पहिरोमा पनि सरकारले उद्धार र खोजी गरेको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि डेढ वर्ष आफूले नेतृत्व गर्ने सहमति भएको भन्दै उनले भने, ‘कहाँ कांग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर ? ठिक छ, सबैको राम्रो छ सय दिनको काम ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?