+

आरसीटी गरेको दाँतमा फेरि कीरा लाग्न सक्छ ?

२०८१ कात्तिक  ९ गते १३:४६ २०८१ कात्तिक ९ गते १३:४६
आरसीटी गरेको दाँतमा फेरि कीरा लाग्न सक्छ ?

दाँतको संक्रमण सामान्य उपचारबाट निको पार्न नसकिने अवस्था आएमा जराभित्र रहेका नसाको उपचार गर्नुपर्ने हुन्छ, जसलाई आरसीटी (रुट क्यानल ट्रिटमेन्ट) भनिन्छ । दाँतको नसासम्म संक्रमण पुगेपछि आरसीटी गर्नुपर्छ । नसासम्मै संक्रमण भएको छैन भने सामान्य भराइले पनि काम गर्छ ।

हाम्रो मुखमित्र रहेका सूक्ष्म जीवाणुहरूले दाँतको भित्री पत्र अर्थात् पल्पसम्म पुग्ने बाटो पाए भने दाँतको नसा संक्रमित हुन जान्छ । जसकारण हाम्रो दाँत दुख्न सक्छ र गिजामा पिप जम्न सक्छ । यस्तो अवस्थामा हामीले आफ्नो प्राकृतिक (स्थायी) दाँतलाई नझिकीकन दुखाइ कम गर्न र संक्रमण निको पार्न आरसीटी गर्नुपर्ने हुन्छ । दाँतको जराको उपचार गर्दा दाँतको चपाउने भाग वा माथिल्लो भागमा सानो प्वाल बनाएर दाँतको नसासम्म पुगेर उपचार गरिन्छ ।

कस्तोकस्तो अवस्थामा आरसिटी गर्नुपर्छ ?

दाँतको नसा संक्रमित भई दाँत दुख्दा, समयमा उपचार नगराउनाले संक्रमण दाँतको भित्री तहबाट निस्किएर हड्डीसम्म पुगेर गिजा पाकेको अवस्थामा, कहिलेकाहीं अनुहार,गाला र घाँटी दुखेको अवस्थामा आरसिटी गर्नुपर्छ । साथै चोटपटक लागेर दाँतको नसा मरेमा, चोटपटक लागेर दाँत भाँचिएको अवस्थामा पनि आरसीटी गर्नुपर्छ । आरसीटी गरेपछि दाँत दुखाइ कम हुँदै जान्छ ।

कसरी गरिन्छ ?

दाँत दुखेको अवस्थामा यसको वरिपरि सुई लगाएर, नदुख्ने बनाएर आरसीटी उपचार सुरु गरिन्छ । दाँतको माथिल्लो भागमा सानो प्वाल बनाएर जरासम्म पुग्ने बाटो बनाइन्छ र नसाका नली सफा गर्ने सानो-सानो सामान छिराएर नसाहरू नलीबाट निकालिन्छ ।

यसरी उक्त नसाका नलीहरू पूर्ण रूपले सफा भएपछि कृत्रिम नसाहरू जसलाई गट्टा पर्चा भनिन्छ, त्यसलाई नसा रहेको नलीमा राखिन्छ र दाँतको माथिल्लो भागमा बनाइएको प्वाललाई सिमेन्ट लगाएर टालिन्छ ।

आरसीटी गरेपछि दाँतमा नसा र रक्तसञ्चार नहुने कारणले दाँत कमजोर हुन्छ । त्यसैले दाँतलाई पूर्ण रूपमा बलियो बनाउन यसमा खोल (क्राउन) लगाउनुपर्ने हुन्छ । विशेषगरी चपाउन प्रयोग हुने बङ्गाराहरूमा खोलको आवश्यकता धेरै पर्छ । खोल नलगाए दाँत भाँच्चिने जोखिम हुन्छ ।

आरसटी गरेको दाँतमा फेरिरा लाग्छ ?

आरसीटी गरिसकेपछि पनि दाँत तथा मुखको स्वास्थ्यमा ध्यान दिइएन भने दाँत कीराले खाने तथा अन्य समस्या निम्तिने हुन्छ । त्यसैले उपचारपछि दाँतको समस्या दोहोरिनबाट बच्न मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

आरसटीको फाइदा

आरसीटी गरेर आफ्नो स्थायी दाँतलाई जोगाउन सकिन्छ, जसले सुन्दरतामा कमी हुन दिंदैन । दाँतको दुखाइ कम हुन्छ । बचेको दाँतमा साह्रो चीज परेमा टुक्रेर जाने सम्भावना हुन्थ्यो, त्यसलाई पनि आरसीटी गरेर डेन्टल क्याप लगाउँदा बचाउन सकिन्छ ।

आरसटी गरेपछि ध्यान दिनुपर्ने कुरा

आरसीटीपछि दाँतको स्वच्छता र मौखिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । बिहान बेलुका खानापछि राम्ररी ब्रस गर्नुपर्छ, मुखलाई ब्याक्टेरियामुक्त राख्न हरेक पटक खाना खाएपछि मुख कुल्ला गर्नुपर्छ । धेरै गुलियो र अमिलो खानेकुरा खानु हुँदैन ।

आरसीटीपछि दाँतमा खाना अड्किएमा सुन्निने वा दुखाइ हुन सक्छ, त्यसैले डेन्टल फ्लस प्रयोग गर्नुपर्छ । यो उपचारपछि बारम्बार दाँत छुनबाट बच्नुपर्छ । किनकि यसो गर्दा क्राउन बाहिर निस्किएर दुखाइ महसुस हुन सक्छ ।

यदि आरसीटीपछि पनि दाँत दुखाइ वा अन्य कुनै असामान्य लक्षण देखियो भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

आरसीटी डा. महेश श्रेष्ठ दाँतमा कीरा
डा. महेश श्रेष्ठ
लेखक
डा. महेश श्रेष्ठ
दन्तरोग विशेषज्ञ

डा. श्रेष्ठ हाल ललितपुर लुभुस्थित सेवा डेन्टल क्लिनिकमा कार्यरत छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २६३२३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आरसीटी गरेको दाँतमा फेरि कीरा लाग्न सक्छ ?

आरसीटी गरेको दाँतमा फेरि कीरा लाग्न सक्छ ?

चुरोट छाडेपछि बिग्रिएको फोक्सो फेरि स्वस्थ हुन्छ ?

चुरोट छाडेपछि बिग्रिएको फोक्सो फेरि स्वस्थ हुन्छ ?

सयपत्री फूल जसमा पाइन्छ औषधीय गुण

सयपत्री फूल जसमा पाइन्छ औषधीय गुण

बालबालिकाको मोटोपन नियन्त्रण गर्ने ९ उपाय

बालबालिकाको मोटोपन नियन्त्रण गर्ने ९ उपाय

शरीरमा कति हुनुपर्छ रक्तचाप, सुगर र कोलेस्टेरोलको लेभल ?

शरीरमा कति हुनुपर्छ रक्तचाप, सुगर र कोलेस्टेरोलको लेभल ?

माटोमुनि फल्ने यी खानेकुरा, जसले शरीरलाई दिन्छन् भरपुर पोषण

माटोमुनि फल्ने यी खानेकुरा, जसले शरीरलाई दिन्छन् भरपुर पोषण