+
+

प्राधिकरणलाई निकुञ्जको पत्र : स्याङबोचेभन्दा माथि हेलिकप्टर उडान रोकौं

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ९ गते १५:०४

९ कात्तिक, काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले सोलुखुम्बु स्याङबोचेभन्दा माथिल्लो क्षेत्रमा व्यावसायिक प्रयोजनमा हेलिकप्टर उडान/अवतरण रोक्न प्रस्ताव गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै निकुञ्जले यस्तो प्रस्ताव गरेको हो । बिहीबार बसेको सगरमाथा राष्ट्रिय निकुञ्ज, भगवतीप्रसाद गुलम र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको संयुक्त बैठकले उक्त प्रस्ताव गरेको हो ।

सगरमाथा निकुञ्जको कोर क्षेत्रभित्र हेलिकप्टरका दैनिक ५०औं उडान/अवतरणले निकुञ्ज क्षेत्रमा ध्वनि प्रदूषण भएको, वन्यजन्तुको आनीबानी र व्यवहारमा समेत नकारात्मक असर र प्रभाव परेको भन्दै निकुञ्जले माथिल्लो भेगमा हेलिकप्टर उडानमा रोक लगाउन भनेको हो ।

सगरमाथा क्षेत्रमा हेलिकप्टरको अधिक प्रयोग गर्दा स्थानीयको रोजगारीमा समेत असर परिरहेको भन्दै रोक्न माग उठिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?