+
+

गठबन्धन बैठकमा गृहमन्त्री : जीबीको नाममा आएको इमेलबारे साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ९ गते १९:२७

९ कात्तिक, काठमाडौं । सत्तारुढ सात दलको बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको नामबाट आएको इमेलबारे ब्रिफिङ गरेका छन् । उनका अनुसार यो इमेलबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

मन्त्री लेखकले उक्त इमेल रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा नयाँ क्लू हुनसक्ने बताए ।

सरकारमा सहभागी र समर्थन गर्ने सात राजनीतिक दलको बैठक शुक्रबार, बालुवाटारमा बसेको थियो । बैठकमा गृृहमन्त्री लामिछानेले सूर्यदर्शन लगायतका सहकारीको रकम अपचालनमा पक्राउ पूर्जी जारी भएका, तर हाल फरार रहेका जीबी राईको नाममा सञ्चार माध्यमहरुलाई आएको इमेल सुनाए ।

बैठकमा सहभागी एक नेता भन्छन्, ‘गृहमन्त्रीजीले यो इमेल स्क्याम जस्तो देखिन्न, साइबर ब्यूरोले यसबारे अनुसन्धान गरिरहेको छ भनेर जानकारी दिनु भएको छ ।’

जीबीको तर्फबाट भन्दै सञ्चार माध्यमहरुलाई आएको इमेलमा रवि लामिछानेकै योजनामा सहकारीको पैसा टीभीमा लगेको लगायतका दाबी गरिएको छ । यदि यो इमेलमा भनिएअनुसार भए रविमाथि थप अनुसन्धान हुने गृहमन्त्रीको प्रष्ट संकेत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?