+

बीपी कोइराला स्मृति कपको उपाधि भारतको लाइफ केयर क्लबलाई

२०८१ कात्तिक  १० गते १८:०७ २०८१ कात्तिक १० गते १८:०७
बीपी कोइराला स्मृति कपको उपाधि भारतको लाइफ केयर क्लबलाई

११ कात्तिक, रुपन्देही । बीपी कोइराला स्मृति कप टि-ट्वान्टी प्रतियोगिताको उपाधि भारतको लाइफ केयर क्रिकेट क्लबले जितेको छ ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको फाइनल खेलमा लाइफ केयर क्रिकेट क्लबले नेपालको नेक्सस रुपन्देही ११ लाई २१ रनले पराजित गर्‍यो ।

१६५ रनको लक्ष्य पाएको नेक्सस रुपन्देहीले पुरै २० ओभर ब्याटिङ गर्दा सबै विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

नेक्सस रुपन्देहीको ब्याटिङमा कप्तान कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाए। यस्तै बसिर अहमदले २५, शंकर रानाले २४, सुमित महर्जनले २० तथा मृनाल गुरुङले १५ रन बनाए।

लाइफ केयरको बलिङमा सक्षम शर्माले ३ ओभरमा ११ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । जस्मित नैन र कप्तान योगेश कुमारले समान २ विकेट लिंदा रोहित दांगवाल, शुभम लाम्बा, क्षितिज त्रिपाठीले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको लाइफ केयर क्रिकेट क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

लाइफ केयरको लागि शुभम लाम्बाले सर्वाधिक ३९ रन बनाए। यस्तै दिपक पुनियाले ३८, एकांश दोबलले २५, दिपांशु फोरेले २४, राजेश शर्माले १७ तथा बिपुल कम्बोजले अविजित १० रन बनाए।

नेक्सस रुपन्देहीको बलिङमा दिपेश कंडेलले २, शाहब आलम, बसिर अहमद, दिनेश अधिकारी र कृष्ण कार्कीले १/१ विकेट लिए।

उपाधिसहित लाइफ केयर क्रिकेट क्लबले ५ लाख  र उपविजेता नेक्सस रुपन्देहीले ३ लाख रुपैयाँ पायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी लाइफ केयर क्रिकेट क्लबका दीपक पुनिया घोषित भए जसले ३५ हजार रुपैयाँ पुरस्कार पाए।

उत्कृष्ट बलर नेक्सस रुपन्देही ११ का शाहब आलम घोषित भए भने उत्कृष्ट  ब्याटर लाइफ केयरका दिपक पुनिया घोषित भए। उनीहरुले जनही २० हजार रुपैयाँ पाए। फाइनल खेलको प्लेयर अफ द म्याच शुभम लाम्बा घोषित भए।

८ दिन चलेको प्रतियोगितामा ५ वटा दक्षिण एसियाली टेस्ट राष्ट्रका क्लब टिमहरु सहभागी रहेका थिए ।

क्रिकेट रुपन्देही विपी स्मृति क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय