+

नेपाल भारतबीचको अवरुद्ध खेल सुरु, सावित्राले फर्काइन् बराबरी गोल

२०८१ कात्तिक  ११ गते २१:१४ २०८१ कात्तिक ११ गते २१:१४
नेपाल भारतबीचको अवरुद्ध खेल सुरु, सावित्राले फर्काइन् बराबरी गोल

११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र भारतबीचको अवरुद्ध खेल पुनः सुरु भएको छ । खेल सुरुभएलगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन् ।

खेल १-१ को स्थितिमा पुगेको छ ।

यसअघि ६४ औं मिनेटमा भारत १–० ले अघि रहेको स्थितिबाट सुरु भएको थियो । भारतले गोल गर्नेवित्तिकै नेपालले पनि गोल गरेको थियो ।

तर त्यतिबेला भारतीय खेलाडीहरु गोलको खुशी मनाइरहेका कारण गोलकिपर र खेलाडीहरु मैदानमा थिएनन् ।

त्यसैले नेपालकी प्रिती राईले गरेको प्रहार सिधै भारतको पोस्टमा छिरेको थियो । तर रेफ्रीले उक्त गोललाई मान्यता नदिएपछि नेपालले खेल नखेल्ने अडान लिएको थियो । नेपाली खेलाडीहरुले खेल्न नमान्दा १ घण्टा ६ मिनेट खेल अवरुद्ध भएको थियो ।

अवरुद्ध खेल सुरु हुनेवित्तिकै प्रतिस्पर्धा सुरु भएको छ ।

साफ वुमन्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय