
१२ कात्तिकक, काठमाडौं । न्यायपरिषद्ले उपभोक्ता अदालत गठनको प्रक्रिया अघि बढाएको छ । न्यायपरिषद्को बैठकले जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामप्रसाद शर्मालाई उपभोक्ता अदालतको अध्यक्षमा तोक्न सरकारलाई सिफारिस गरेको हो ।
न्यायपरिषद्ले उपभोक्ता अदालतको सदस्यहरुमा गेहेन्द्रराज रेग्मीलाई तोकेको छ । तीन सदस्यीय अदालतमा अर्का एक सदस्य सरकारले तोक्ने व्यवस्था छ । तीनजनाको नाम तोकिएपछि सर्वोच्च अदालतले उपभोक्ता अदालतका लागि स्रेस्तेदार पठाउनेछ ।
न्यायपरिषद्को यो निर्णयसँगै उपभोक्ता अदालत गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सरकारले बबरमहलस्थित औषधि लिमिटेडको परिसरमा उपभोक्ता अदालत बनाउने तयारी गरेको छ ।
यसअघि नै सरकारले गठन गरेको कार्यदलले उपभोक्ताको हित लगायतका विषय हेर्ने गरी उपभोक्ता अदालत गठन गर्न सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4