+
+

३० वर्षपछि ‘करण अर्जुन’ संसारभर पुनः प्रदर्शनमा आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते १३:३०

काठमाडौं । शाहरुख खान र सलमान खान अभिनित ‘करण अर्जुन’ बलिउडको प्रतिष्ठितमध्येको फिल्म हो । राखी, काजल, ममता कुलकर्णी, अमरिस पुरीसहितका कलाकार समावेश यो फिल्मका आफ्नै खाले कल्ट–फ्यान छन् ।

राकेश रोशन निर्देशित यो फिल्म ७ मंसिर (२२ नोभेम्बर २०२४) मा विश्वव्यापी रूपमा पुनः रिलिज हुने भएकाले फ्यान उत्साहित छन् । प्रदर्शनको ३० वर्षपछि भारतका सिंगल र मल्टिप्लेक्ससहित विश्वभर एकैसाथ फिल्म ल्याउने रोशनको तयारी छ ।

पछिल्लो समय नेपालमा समेत बलिउडका पुराना फिल्मको पुनः प्रदर्शन भइरहेको बेला ‘करण अर्जुन’ समेत नेपालमा पनि आउने अनुमान गरिएको छ । अभिनेता सलमान खानले सन् १९९५ को यो कल्ट–क्लासिक फिल्मको पुनः प्रदर्शन हुने जानकारी दिंदै नयाँ टिजर सार्वजनिक गरेका छन् ।

एक मिनेट लामो टिजरले दर्शकलाई पुनर्जन्म र बदलाको स्मृतिमा लैजान्छ । यो पोस्टको क्याप्सन उल्लेख छ, ‘राखीजी ने सही कथा फिल्में मे मेरे करण अर्जुन आएंगे नोभेम्बर २२ मा संसारभरका फिल्म हलमा ।’

सन् १९९५ मा रिलिज भएको यो फिल्मले बलिउड सुपरस्टार सलमान र शाहरुख खानलाई सेल्युलोइडमा पहिलोपटक सँगै ल्याएको थियो । ब्लकबस्टर यो फिल्म उक्त वर्ष रिलिजको समयमा धेरै कमाइ गर्ने फिल्ममध्ये एक थियो । यो फिल्म ७६ हलमा ५० साता चलेको थियो । ७५ औं सातामा पनि यो फिल्म २६ हलमा प्रदर्शनरत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?