+
+

ग्रामीण विकास लघुवित्तको नाफा ३० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते ९:००

१३ कात्तिक, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको नाफा ३० प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ८ करोड ७९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ६ करोड ७३ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद ब्याज आम्दानी बढ्नु र इम्पेरिमेन्ट चार्ज (लोन लस प्रोभिजन) घट्नुले नाफामा टेवा पुगेको देखिन्छ । खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासमा २५ करोड ६८ लाख रुपैयाँ रहेकोमा यो वर्षको पहिलो त्रैमासमा ३२ करोड २२ लाख रुपैयाँ छ ।

इम्पेरिमेन्ट चार्ज ह्वात्तै घटेको छ । यस्तो रकम पहिले १० करोड ३ लाख रुपैयाँ रहेकोमा अहिले २ करोड १ लाखमा झरेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८० पैसा छ ।

प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ छ । असोज मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा भने ३० करोड ऋणात्मक छ । सोमबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ७५० रुपैयाँ ९० पैसा छ । यस आधारमा मूल्य आम्दानी अनुपात २०.९ गुणा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?