+
+

सीईडीबी हाइड्रोपावरको नाफा तीन गुणा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते ९:२४

१३ कात्तिक, काठमाडौं । सीर्डडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीको नाफा तीन गुणा बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९ करोड ७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड रुपैयाँ थियो ।

सेवा शुल्क, ब्याज तथा अन्य आम्दानीमा आएको वृद्धिले खुद नाफा बढाएको देखिन्छ । यस्तो आम्दानी गत वर्षको पहिलो त्रैमासमा ४ करोड ९ लाख रुपैयाँ रहेकोमा यो आवको पहिलो त्रैमासमा १० करोड पुगेको छ । कम्पनीले विभिन्न जलविद्युत् आयोजनाहरूमा लगानी गर्दै आएको छ ।

लगानी समूहमा सूचीकृत रहेको यस कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ११ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ छ ।

असोज मसान्तसम्म कम्पनीले १७ करोड ५६ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ । त्यस्तै ७२ करोड २५ लाख रुपैयाँ विभिन्न आयोजनामा लगानी गरेको छ । सोमबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १७१८ रुपैयाँ ५० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?