+
+

टक्सार महाशाखामा असर्फी किन्नेको भीड

शंकर गिरी शंकर गिरी
२०८१ कात्तिक १३ गते १२:५६

१३ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सुनको असर्फी बिक्री खुला गरेको छ । असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भीड लागेको छ ।

टक्सार महाशाखाका अनुसार २.५ ग्राम तौलको सुनको सिक्का बिक्री गरिरहेको हो । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ । राष्ट्र बैंकका अनुसार एक व्यक्तिले एउटा मात्रै सुनको असर्फी पाउनेछ ।

राष्ट्र बैंकले चाँदीको सिक्का भने आइतबारदेखि नै बिक्री खुला गरेको थियो । टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्का बिक्री गरिरहेको छ ।

थप तस्वीरहरु :

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?