
काठमाडौं । अभिनेत्री सरिता लामिछाने अमेरिकामा नेपाली समुदायले स्थापना गरेको एक वित्तिय संस्थाको व्यवसायिक दूतमा नियुक्त भएकी छन् । एभरेष्ट फेडेरल क्रेडिट युनियनले उनलाई दूतमा नियुक्त गरेको हो ।
सन्स्थापक अध्यक्ष मोहन ज्ञवाली रहेको उक्त संस्थाको मुख्इ कार्यालय न्यूयोर्कमा छ ।
वर्तमान अध्यक्ष मदन उप्रेतीले नेपाली फिल्म र टेलिभिजन श्रृंखलामा योगदान दिएकी र अहिले अमेरिकामा भएको कारण दूतमा नियुक्त गरिएको जनाए । न्युयोर्कपछि टेक्सासमा शाखा खोलेर सेवा दिँदै आएको यो संस्थाले यसै महिना ओहायो र भर्जिनियाबाट पनि सेवा थाल्दैछ ।
नयाँ शाखाको उदघाटन गरेर आफू स्वदेश फर्किन लागेको लामिछानेले बताएकी छन् । ‘अमेरिकामा रहनु भएका नेपालीले नेपाली बैंक स्थापना गर्नु आफैंमा खुसीको कुरा हो । एम्बेस्डरको जिम्मेवारी पाउँदा म झनै खुसी भएको छु’ उनले भनिन् ।
बैंकका सीइओ विराज रिजालले ब्रान्ड एम्बेस्डरमा नियुक्त भएकोमा लामिछानेलाई बधाई दिए । लामिछानेको सहयोगले यो बैंकको प्रवर्धनसँगै बित्तिय कारोवारको वृद्धिमा मद्दत पुग्ने आशा उनले व्यक्त गरे ।
प्रतिक्रिया 4