+
+

कालीमाटी बजारमा कुरिलो प्रतिकिलो २०० रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते ९:००

१४ कात्तिक, काठमाडौं । कालीमाटी होलसेल बजारमा बुधबार कुरिलो प्रतिकिलो २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन १ हजार रुपैयाँ रहेको कुरिलो यस दिन अधिकतम ८ सय रुपैयाँमा झरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार यस दिन कालीमाटी बजारमा ठूलो/सानो गोलभेँडा प्रतिकिलो १२० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै कालीमाटीमा रातो आलु ८५, प्याज १०५, स्थानीय काउली १३०, डल्लो भन्टा १००, लाम्चो भन्टा ६०, तने बोडी १२०, घिउ सिमी ८०, टाटे सिमी १००, तिते करेला अधिकतम ७० रुपैयाँ छ ।

चिचिन्डो ५०, घिरौंला ७०, भिण्डी ८०, बरेला ७०, इस्कुस २०, रायो साग ७०, चमसुर साग ७०, तोरीको साग ७० तथा मेथीको साग २०० रुपैयाँ किलोमा कारोबार भएको छ । ब्रोकाउली १६०, कन्य च्याउ १५० तथा डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?